सराङकोटमा माओवादी केन्द्रको टोल कमिटी गठनमा तीव्रता,२८ वटै टोलमा कमिटी बन्ने

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पोखरा–१८ ले टोल कमिटी गठनमा तीव्रता दिएको छ । पार्टी संगठन विस्तार र सुदृढीकरण अभियान सुरु गरेको माओवादीले वडाका सबै टोलमा कमिटी निर्माण गरिने जनाएको छ ।

वडा कमिटीका सचिव बलराम तिमिल्सिनाले हालसम्म अर्मजा भञ्ज्याङ,सेदी टोल र मेथलाङमा टोल कमिटी गठन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार २८ वटै टोलमा माओवादीको कमिटी गठन गरिने छ ।

मंगलबार मेथलाङमा आयोजना गरिएको टोल कमिटी गठन कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका नेता राजु तिमिल्सिनाले माओवादी मात्रै राष्ट्रवादी शक्ति भएको बताउँदै राष्ट्रहित विपरितका कार्यक्रम र योजनालाई असफल पार्ने बताउनुभयो । उहाँले भन्नुभयो,“यो देशको सच्चा राष्ट्रवादी र परिर्वतनकारी अग्रगामी शक्ति माओवादी मात्र हो । एमसीसी लगायतका राष्ट्रका विरुद्ध रहेका परियोजनालाई माओवादीले असफल बनाएर छाड्छ ।”

वडा कमिटी सचिव बलराम तिमिल्सिनाका अनुसार मेथलाङ टोलका एकाध घर बाहेक पूरै मेथलाङ टोल माओवादी केन्द्रमा समाहित भएकोले विसं २०६४ को लयमा फर्कदै गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“मेथलाङ टोलमा रहेका ३२ घर मध्ये २८ घर र परिवार माओवादी केन्द्रमा आवद्ध हुनुभयो ।”

टोल कमिटी गठन अभियानमा पोखरा महानगर नगर कमिटी सदस्य हरिमाया गौतम, नगर कमिटी सदस्य प्रजापति अधिकारी, अखिल नेपाल सुकुम्वासी संगठन कास्कीका उपाध्यक्ष होमविर पुन, टिकाराम तिमिल्सिना र वडा कमिटीका अध्यक्ष पूर्णाखर तिमिल्सिना सहभागी हनुभएको थियो ।

Comments
Loading...