खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीननाथ बराल निर्वाचित

हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीनानाथ बराल निर्वाचित हुनुभएको छ ।

मञ्चको आज पोखरामा सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको मतदानमा बरालले प्रतिस्पर्धी रञ्जन अधिकारीलाई नौ मतले पराजित गर्दै अध्यक्षमा विजयी हुुनुभयो ।

आगामी दुई वर्षे कार्यकालका लागि भएको मतदानमा ४९ मत खसेकामा बरालले २९ र अधिकारीले २० मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक सरिता तिमिल्सिनाले जानकारी दिनुभयो ।

यसैगरी मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशिकुमार पौडेल र कोषाध्यक्षमा कविता घर्ती मगर निर्वाचित हनुुभयो । अध्यक्ष बाहेकका अन्य पदमा भने सर्वसम्मत भएको थियो ।

मञ्चको सदस्यहरुमा दीपकराज मुल्मी, नारायण शाही, उमेश पुन, मानबहादुर घर्ती (एमबी आस्था) र राजु गिरी निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष बरालले खेलकुद विधालाई प्राथमिकता दिएर पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरुको क्षमता विकासका लागि आफू नेतृत्वको कार्यसमितिले कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Comments
Loading...