माओवादी गण्डकीको पदाधिकारीका लागि पोखरामा निर्वाचन हुँदै(उम्मेदवारको नाम सहित)

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको पदाधिकारी चयनका लागि मतदान हुने भएको छ ।

गत मंसिर २५ गते भएको प्रदेश अधिवेशनले प्रदेश कमिटीका सदस्य र अध्यक्ष मात्र चयन गरेर सकिएको थियो । पदाधिकारीमा सहमति नबन्दा लामो समय समितिले पूर्णता नपाएपछि आज मतदानबाट पदाधिकारी टुँगो लगाइने माओवादीले जनाएको छ ।

पोखरा महानगरपालिका–१२ स्थित मार्फा थकाली समाज घरमा हिजो देखी शुरु भएको दोस्रो पूर्ण बैठकमा पदाधिकारी चयन गर्ने एजेण्डा छ । पदाधिकारी चयनका लागि मनोनयन दर्ता सकिएकाले आज साँझनै मतदान हुनेछ ।

माओवादीमा तीन उपाध्यक्षका लागि मित्रशरण शर्मा (नवलपुर), गुणाखर बस्याल (पर्वत),लोक प्रसाद बन्जरा (गोर्खा), ज्ञामनाथ गैह्रे (बाग्लुङ), गङ्गा पोख्रेल (कास्की), केशव पौडेल (कास्की) र गीता शाही (तनहुँ)ले मनोनयन दर्ता गराउनुभएको छ ।

सचिव एक जनाका लागि जगन्नाथ खनाल (गोर्खा) र बिष्णु भट्ट (गोर्खा) उम्मेदवार हुनुहुन्छ । सहसचिव तीन जनाका लागि जीवन खाती (कास्की), मेख वहादुर भण्डारी (लमजुङ), राज कुमार दुलाल (कास्की), कल्पना अर्याल (स्याङ्जा), अतिन्द्र केशरी न्यौपाने (तनहुँ) र टेक वहादुर विक (म्याग्दी) हुनुहुनछ ।

यसैगरी कोषाध्यक्ष एक जनाका लागि तारा भुसाल (स्याङ्जा ), भिम वहादुर विक (कास्की)र मेख वहादुर विक (कास्की)ले मनोनयन दर्ता गराउनुभएको छ ।

Comments
Loading...