काठमाडौँ । चुनावी तालमेल तथा स्थानीय तहमा सिट बाँडफाँडको विषयमा सहमति जुटाउन हिजो बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ ।
नेताहरुले बैठक सकारात्मक भएको जिकिर गरेपनि कुनै ठोस सहमति भने नभएको बताएका छन् । सिट बाँडफाट टुँगो लगाउन आज पनि बैठक बस्दैछ ।

बैठकमा विशेषगरी ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाका बारेमा छलफल भएपनि सहमति जुट्न सकस भएको हो ।
स्रोतका अनुसार नेपाली काँग्रेसले ६ वटै महानगरपालिका नछोड्ने अडान राखेका छ भने उपमहानगरको हकमा पनि ६ भन्दा बढी दावी गरेको छ । त्यसैगरी माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले पनि एक एकवटा महानगर आफुलाई चाहिने अडान राखेका छन् ।
