एन्फा कास्कीको अध्यक्षमा रन्जित निर्वाचित

हिमाली आवाज । कास्की जिल्ला फुटवल संघको ७ औं अधिवेसनले उज्वल रञ्जितको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । बुधबार पोखरामा सम्पन्न भएको सो अधिवेसनले आगामी ४ बर्षको लागि रञ्जितको अध्यक्षमा १५ सदस्य समिति निर्वाचित गरेको हो ।

दोश्रो चरणमा भएको मतदानबाट रञ्जितले १४ मत उहाँका निकटतम प्रतिद्धन्दी विनोद गुरुङले ७ मतप्राप्त गर्नुभयो । एक भोट नो भोट(खाली) भएको थियो ।

त्यसै गरी उपाध्यक्षमा जगत बहादुर थापा, नर प्रसाद गुरुङ र सुरेन गुरुङ सर्वसम्वत चयन हुनुभयो ।नवनिर्वाचित समितिको पहिलो बैठकले एन्फा कास्कीको उपाध्यक्षमा दुई जनालाई मनोनित गरेको छ । मनोनित पर्नेहरुमा खेमराज बराल (पुष्प) र बिष्णु कुमार गुरुङ रहनुभएको छ । त्ससै गरी कोषाध्यक्षमा हितमान गुरुङलाई मनोनित गरिएको छ ।

त्यसै गरी एक महिला सहित ११ सदस्य सर्वसम्वत रुपमा चयन भएको छ । सदस्यहरुमा शोभा बानिया(महिला), सुनिल गायक, राजेस त्रिपाठी, सन्तोष कार्की, विकास गुरुङ, योगेश गुरुङ, हितमान गुरुङ, विकास गुरुङ, सुविन श्रेष्ठ, ओम गुरुङ, टंक प्रसाद गुरुङ रहनुभएको छ । उहाँहरुलाई अधिवक्ता बरालले सपथ ग्रहण गराउनुभयो ।

निर्वाचन कमिटिका संयोजकमा अधिवक्ता केशवराज बराल रहनु भएको थियो भने अन्य सदस्यमा अधिवक्ता बाबुराम अर्याल, प्रमिता पराजुली, नेपाल खेलकुद पत्रकार मंच गण्डकीका अध्यक्ष दीननाथ बराल रहनुभएको थियो ।

Comments
Loading...