बुद्ध बचतको स्थापना दिवसमा खुला रक्तदान,६० युनिट रगत संकलन

हिमाली आवाज । पोखरा महानगरपालिका–४ बुद्धविशालबजारमा अवस्थित बुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवस रक्तदान कार्यक्रम र बचत योजना अभिमुखीकरण कार्यक्रम सहित मनाएको छ ।

संस्थाको १५ औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ ।
क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो । संस्थाका अध्यक्ष धुव्रप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा आकस्मिक रक्तसञ्चारका संयोजक नेत्र ढकालले रक्तदानको महत्वबारे प्रकाश पार्नुभयो । रक्तदान कार्यक्रमको संयोजक सहकारी संस्थाका उपाध्यक्ष वासुदेव पराजुलीले गर्नुभएको थियो ।

बचत योजना अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष रेग्मीले संस्थाको स्थापना कालदेखी हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।संस्थाका प्रवन्धक नारायण तिवारीले बचत योजनाका बारेमा सदस्यहरुलाई जानकारी गराउनुभयो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बलराम गौतम, निर्वतमान अध्यक्ष नगेन्द्र प्रसाद पोखरेल,लेखा सुपरिवेक्षक समिति संयोजक गीता तिवारी, कार्यक्रम संयोजक वासुदेव पराजुली, संस्थाका सचिव दीपक मुल्मी लगायतले बचत योजनाका बारेमा भनाई राख्नुभयो ।

Comments
Loading...