हिमाली आवाज । नेपाली कांग्रेस माछापुच्छ«े गाउँपालिकाल ेआज(आइतबार)देखि औपचारिक चुनावी अभियान सुरु गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका उम्मेदवारहरुले सार्दीखोस्थित काभ्रे गाउँको देउराली मन्दिरको दर्शन गरेर प्रचारप्रसार एवं घरदैलोको औपचारिक सुरुवात गरेका हुन् ।
नेपाली कांग्रेसका तर्फबाट माछापुच्छ«े गाउँपालिका अध्यक्ष उम्मेदवार मिनबहादुर गुरुङ र उपध्यक्ष उम्मेदवार सीता अधिकारीले संयुक्त रुपमा अभियान शुभारम्भ गर्नुभयो ।
अभियानको सुरुवात गर्दै अध्यक्ष उम्मेदवार गुरुङले गाउँपालिकाको समृद्धि र विकासका लागि उम्मेदवारी भएको जनाउनुभयो । लोकप्रियता र प्रचारवाजीका लागि नभएर पालिकामा सूशासन र व्यवहारिक उपलब्धिका लागि उम्मेदवारी दिएको उहाँको भनाई छ । उपलब्ध स्रोतहरुको सहि व्यवस्थापन हुन नसक्दा पालिका पछि परेको उल्लेख गर्दै स्रोतको सहि व्यवस्थापन र सदुपयोग गर्ने प्रतिबद्धता समेत अध्यक्ष गुरुङको छ ।
यस्तै गाउँपालिका उपाध्यक्ष उम्मेदवार सीता अधिकारीले महिलाहरुको हकहितका लागि कुनै गुनासो नरहने गरि काम अघि बढाउने बताउनुभयो । न्याय सम्पादनमा पालिकालाई अब्बल बनाउँदै योजनाबद्ध रुपमा दिर्घकालिन रुपमा छाप रहने गरि कार्य गर्ने उनले दाबी गर्नुभयो ।देउराली दर्शनपछि उम्मेदवारहरुले मतदाता भेटघाट सुरु गरेका थिए ।
नेपाली काँग्रेस माछापुच्छ«े गाउँपालिकाका सभापति विरेन्द« गुरुङ्गले मतदाताको आकर्षण कांग्रेसमा बढ्दै गएको उल्लेख गर्दै विजय सुनिश्चित रहेको जनाउनुभयो । पालिका अध्यक्ष, उपाध्यक्ष लगायत सबै वडामा मतदाताले कांग्रेसलाई नै जिताउने विश्वास उहाँको छ ।
नेपाली काँग्रेस माछापुच्छ«े –२ का कार्यवाहक सभापति छविलाल गरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन परिचालन समिती संयोजक खुशीमान गरुङ्ग, माछापुच्छ«े – २ का प्रचारप्रसार संयोजक गुन्जमान गरुङ्ग, जिल्ला प्रतिनिधि सुदीप गौतम, क्षेत्रिय सचिव मेख बहादुर क्षेत्री लगायतले उम्मेदवारहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।
अभियान शुभारम्भको अवसरमा कांग्रेसका तर्फबाट वडाहरुका उम्मेदवारहरु, नेता, कार्यकर्ता लगायत शुभेच्छुकहरुको उपस्थिती थियो ।
साथै, उक्त कार्यक्रममा ५ जना एमालेमा आवद्धहरु पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेको बताइन्छ ।

