वैशाख ३० गते मतदानको दिन सार्वजनिक गाडी नचल्ने, पास लिएका मात्रै चल्ने

काठमाडौँ । स्थानीय तहको निर्वाचनका दिन वैशाख ३० गते अनुमति प्राप्त बाहेकका गाडी नचल्ने भएका छन् । प्रशासनको अनुमति लिएकाबाहेक सार्वजनिक र निजी गाडी चलाउन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले मतदानको दिन गाडी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७९ लागू गरेको छ । उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले मतदानको दिन गाडी चलाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।

उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा गाडी नम्बर, प्रयोगकर्ताको नामसहित पासका लागि २८ गतेसम्म निवेदन पेस गर्नुपर्नेछ ।

Comments
Loading...