पाँच दलीय गठबन्धन देशको कलङ्क :अध्यक्ष ओली

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धन देशको कलङ्क भएको आरोप लगाउनुभएको छ ।

नेकपा एमालले आज पोखरामा आयोजना गरेको चुनावी सभामा अध्यक्ष ओलीले गठबन्धनप्रति आक्रोस व्यक्त गर्दै गठबन्धनले चुनाव जित्न धाँधली गर्ने भन्दै चनाखो बन्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले निर्वाचनमा धाँधली गराउनका लागि कसरत भइरहेको बताउँदै ओलीले शान्तिपूर्ण निर्वाचन गराउनका लागि निर्वाचन आयोग र प्रहरी प्रशासनसँग माग गर्नुभयो ।

ओलीले बुद्धिजीवीहरूप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नै छैनन् । मैले राखेको राष्ट्र निर्माणको विचारलाई उखान टुक्का भन्छन् । काँग्रेसले नेता कार्यकर्ताले त मेरो विचार बुझ्ने हैसियत नै राख्दैनन् ठिकै छ तर बुद्धिजीवीहरूले त बुझ्न प¥यो नि ? त्यसैले मैले उनीहरूलाई सो कोल्ड बुद्धिजीवी भन्ने गरेको छु । ”अध्यक्ष ओलीले आगामी दिनसम्म एमालेका उम्मेदवारलाई जिताउन प्रचारप्रसारमा लाग्न आग्रह गर्नुभयो ।

Comments
Loading...