माछापुच्छ्रे गाउँपालिका वडा नं १ मा गठबन्धनको प्यानल विजयी(अन्तिम मत परिणाम सहित)

हिमाली आवाज ।   स्थानीय तह निर्वाचन – २०७९ अन्तर्गत जिल्लामा पहिलोपटक घोषणा गरिएको मत परिणाममा काँग्रेस र माओवादीको साझा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।  माछापुच्छ«े गाउँपालिका–१ को वडाध्यक्षमा इन्द्रबहादुर गुरुङको प्यानल विजयी भएको हो ।

नेपाली काँग्रेस र माओवादी केन्द्रको तालमेल रहेको सो वडामा गुरुङले ६२२ मत पाउनुभयो भने नेकपा(एमाले)का अनुप गुरुङले ५८४ मत पाउनुएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी महिला सदस्यमा काँग्रेसका जमुना पुन, दलित महिला सदस्यमा श्याममाया सुनार र खुला सदस्यमा नेपाली काँग्रेसका देवबहादुर मगर र माओवादी केन्द्रका पुर्खबहादुर पुन विजयी हुनुभएको निर्वाचन अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

सो वडाबाट गाउँपालिका अध्यक्षमा नेपाली काग्रेसका मीनबहादुर गुरुङले ६८३ र नेकपा(एमाले)का विक्रम गुरुङ गुरुङले ५२५ मत पाउनुभयो । यसैगरी उपाध्यक्षमा काँग्रेसका सीता अधिकारीले ६१८ र एमालेका सीता तिवारीले ५३३ मत पाउनुभएको छ ।

Comments
Loading...