हिमाली आवाज । पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४ औँ स्थापना दिवका अवसरमा आज खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको मुख्य कार्यालय परिसर नयाँबजारमा आयोजना गरिएको सो रक्तदान कार्यक्रमबाट ८४ युनिट रगत संकलन भएको सहकारीका कार्यालय प्रमुख भगवान भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार उदयबहादुर पराजुलीले प्रथम रक्तदाता संस्थाका संरक्षक तथा सल्लाहकार पदमबन्धु पोखरेललाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि पराजुलीले उन्नति सहकारीले बचत तथा ऋणको कारोबार साथै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान जस्तो पुण्य कार्यक्रम आयोजना गरेकामा आभार व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष राजेश रानाभाटले स्थापनाको वर्षदेखीनै हरेक वर्ष रक्तदान कार्यक्रम गरिदै आइएको बताउनुभयो । कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष रेवतिरमण भण्डारीले गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको समन्वय र सहयोगमा रक्तदान कार्यक्रम गरिएको कार्यालयले प्रमुख भट्टराईले बताउनुभयो ।

