पूँजी बजार सुधारको आन्दोलनमा पोखराका लगानीकर्ताको साथ

हिमाली आवाज । राजधानी काठमाडौँ भइरहेको पूँजी बजार सुधारको आन्दोलनमा पोखराका लगानीकर्ताले पनि साथ दिएका छन् । पोखराका लगानीकर्ताहरु पनि १९ बुँदे माग लिएर जिल्ला प्रशासन कार्यालय कास्की पुगेका हुन् ।

लगानीकर्ताहरुले ईन्भेस्टर्स फोरम पोखराका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको नेतृत्वमा १९ बुँदे मागसहितको ज्ञापनपत्र आज जिल्ला प्रशासन कार्यालयमा बुझाएको पोखराका सक्रिय लगानीकर्ता लोकेन्द्र ढकालले जानकारी दिनुभयो । लगानीकर्ताहरु नेपाल राष्ट्र बैँकको गलत नीतिका कारण पूँजी बजार प्रभावित भएकाले राष्ट्र बैँकलाई आफ्नो नीति सच्चाउनका लागि पोखराका जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको ढकालले बताउनुभयो ।

शेयर धितो कर्जामा लगाएको ४र१२ को सिमालाई संशोधन गर्नुपर्ने, सिडि रेशियो हटाएर सिसिडि रेशियो नै कायम गर्नुपर्ने, शेयर धितो कर्जाको जोखिम भार घटाउनुपर्ने लगायतका १९ बुँदे माग राखेर देशभर आन्दोलन भइरहेको छ ।

Comments
Loading...