आइसर गाडीको बिक्रेता इस्टर्न एजेन्सीलाई ‘वेस्ट सर्भिस डिष्ट्रिब्युटर्स’को उपाधि

हिमाली आवाज । बतास अर्गनाइजेसनको भगिनी संस्था आइसर एजेन्सीले भियतनाममा उत्कृष्ट सभिस डिष्ट्रिब्युटर्स–२०२२ को उपाधि प्राप्त गरेको छ ।

भोल्भो आइसर कमर्सियल गाडीको नेपालका लागि आधिकारिक बिक्रेता बतास अर्गनाइजेसन अन्तर्गतको इन्टर्न एजेन्सीले वेस्ट सर्भिस डिष्ट्रिब्युटर्सको उपाधि प्राप्त गरेको हो ।

भोल्भो आइसर कमर्सियल भेहिकलको अन्तर्राष्ट्रिय डिष्ट्रिब्युटर्स सम्मेलनमा शनिबार बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द राज बतास र सञ्चालक सुलभ बतासलाई सो उपाधि प्रदान गरिएको थियो । उक्त सम्मेलनमा संसार भरिका ४०० डिष्ट्रिब्युटर्सहरुको सहभागिता रहेको बताइन्छ ।

कमर्सियल सवारीमा आइसरका नेपाली बजारमा राम्रो उपस्थिति रहेको छ। इस्टर्न एजेन्सीले भोल्भो आइसरका उत्कृष्ट सवारी र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ।

Comments
Loading...