भोलीदेखी मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुल्दै

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गते, सोमबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको आईपीओ सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । जसमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा साउन १२ गते र ढिलोमा साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्नीले यसअघि प्रभावित क्षेत्रका लागि रु पाँच लाख ८८ हजार कित्ता शेयर जारी गरेको थियो। गत असार १ देखी २२ गतेसम्म माछापुच्छ्रे गाउँपालिका वडा नं २, ३ ४ र ६ नं वडाका लागि जारी गरिएको आइपियोमा तोकिएको कित्ता भन्दा ८० हजार बढी कित्ताको आवदेन परेको थियो । जसअनुसार रु दुई लाख सम्मको शेयर आवेदन गर्नेले आवेदन अनुसारनै शेयर प्राप्त गरेका छन् भने सोभन्दा माथिकाले माग भन्दा केही कम शेयर प्राप्त गरेको कम्पनीले जनाएको छ ।

Comments
Loading...