स्याङ्जाको बाडखोलामा सञ्चालनमा आयो टिभिएसको नयाँ शोरुम

हिमाली आवाज । नेपालमा टिभिएस टू ब्हिलरको एकमात्र वितरक जगदम्वा मोटर्सले स्याङजाको वाडखोलामा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो । नयाँ शोरुमको उद्घाटन कार्यक्रममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनीका एजिम राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्नसधैं प्रयासरत रहेको बताउनुभयो ।

ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उहाँको भनाई छ । टिभिएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिईरहेको उहाँले बताउनुभयो ।

कार्यक्रम स्याङ्खजाका जिल्लाका प्रमूख जिल्ला अधिकारी राजु पौडेलको प्रमूख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो । त्यसक्रममा स्याङजा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिव वहादुर वस्नेत, प्रहरी उपरीक्षक रविन्द्र खनाल, ससस्त्र प्रहरी नायव उपरीक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका वडा र्न ३ र ४ का वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

जगदम्बा मोटर्स प्रा. लि. नेपालका लागि टिभिएसको एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टिभिएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकहरूको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको टिभिएस पोखराका बिक्री प्रवन्धक सन्तोष पोखरेलले बताउनुभयो ।

उहाँले टिभिएस उच्च गुणस्तरका उत्पादनहरू, सुलभ बिक्री–पछि सेवा र देशभरका उपभोक्ताहरूका लागि स्पेयर पाट्र्सको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको उल्लेख गर्नुभयो ।

Comments
Loading...