माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी)बीच पार्टी एकता हुने

हिमाली आवाज । नेकपा (एकीकृत समाजवादी)ले माओवादी केन्द्रसँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ ।

बुधवार बसेको केन्द्रीय सचिवालय बैठकले वामहरुको बीचमा एकताको पहल एस र माओवादी केन्द्रबाट शुरु गर्ने निर्णय गरेको हो । दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो ।

एकता संयोजनमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहने बताइन्छ ।

Comments
Loading...