नीति प्रेस मिडियाले तीज गीत प्रतियोगिता गर्ने

हिमाली आवाज । पोखरामा रहेको नीति प्रेस मिडिया प्रालिले हरितालिका तीजको अवसरमा खुल्ला तीज गीत प्रतियोगिता गर्ने भएको छ । सो मिडियाले वाई.यु.के.सुपरमार्केट प्रथम खुल्ला तीज गीत प्रतियोगिता–२०७९ आयोजना गर्न लागेको हो । प्रतियोगिता यही भदौ ११ गते शनिबार पोखरा–१८ फेवाताल किनारस्थित वाई.यु.के.सुपरमार्केटको प्राङ्गणमा आयोजना गर्ने नीति प्रेसले विहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
‘कला, संस्कृतिको संरक्षण गरौं, पर्यटन प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक नीति प्रेस मिडिया प्रालिका प्रमुख कार्यकारी निर्देशक माधव पोखरेलले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने समूहलाई ३० हजार, द्वितीय हुने समूहलाई २० हजार, तृतीय हुने समूहलाई १० हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक नीति प्रेसिि मडया प्रालिले जनाएको छ । प्रतियोगिता आयोजना गर्न ३ लाख ७८ हजार खर्च लाग्ने अनुमान गरिएको निर्देशक कार्यक्रम संयोजक गणेश लम्सालले जानकारी दिनुभयो ।

Comments
Loading...