हिमाली आवाज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालजीवनले आत्मनिर्भर अर्थतन्त्रको लागि बस्तु उत्पादन गर्नुपर्ने बताउनु भएको छ । पोखरा १८ सराङकोटमा रहेको हरिवंश बचत तथा ऋण सहकारी संस्थाको शनिबार पोखरामा सम्पन्नभएको चौथो बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्रीले उक्त कुरा बताउनु भएको हो ।
रेमिट्यान्सबाट भित्रिएको पूंजिलाई नेपालमाउचित ढंगले सदुपयोग गर्न सहकारीहरुले कम्तिमापनि ३० प्रतिशत कृषि र उत्पादनशिल क्षेत्रमालगानीगर्नुपर्ने मन्त्री बरालको भनाई थियो । कृषिप्रधान देश नेपालमा बस्तु आयातलाई रोक्नपनि कृषिलाई पहिलो प्रथामिकतादिदै बस्तु उत्पादनमा सवैको जोड हुनुपर्ने उहाँको भनाई थियो । हरेक सहकारीहरुले कम्तिमापनि एक उत्पादनहुने गरी उत्पादनगर्न सुझावदिदै मन्त्री बरालले हरिवंश सहकारीलाई कम्तिमापनि एउटा कुटिर उद्योग संचालनगर्न आग्रहगर्नु भयो । मुलुकबनाउनअबनयाँ संकल्पगर्नुपर्ने मन्त्री बरालले बताउनु भयो ।

उक्तकार्यक्रममा सहकारीका शेयर सदस्यहरु मध्यपोखरा महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्षदीवसमानप्रधानाङग, पोखरा १८ का वडा अध्यक्षशिव प्रसादतिमिल्सिनालाई समेत सम्मानगरिएको थियो । वडाअध्यक्षहरुलाई मन्त्री बरालले सम्मानगर्नु भएको हो । त्यसै गरी सम्मानितहुनेहरुमा ज्येष्ठ सदस्यबाट चुडामणी तिमिल्सिना, असलबचतकर्ता इन्दु शर्मा रेग्मी र असलऋणी सरस्वतीशर्मा अधिकारी रहेको सचिब पुर्णाखर तिमिल्सिनाले बताउनु भयो ।
\संस्थाकाअध्यक्षतारा तिमिल्सिनाको अध्यक्षतामा सम्पन्नभएको कार्यक्रममा संस्थाका संरक्षक रुद्र प्रसादतिमिल्सिना, महिला सानाकिसानकाप्रबन्धकइन्द्राथापापोखरा वेशी सहकारीकाअध्यक्षनारायण पहारी, नेपालीकागेंस नेतानारायण खड्का, एमाले नेता अरुण थापालगायतले वोल्नु भएको थियो । ३ सय ६७जना शेयर सदस्य रहेको उक्त सहकारीमा २ करोड ११ लाख ८३ हजार शेयर पूंजि रहेको व्यबस्थापक गणेश तिमिल्सिनाले बताउनु भयो ।