पोखराबाट जोमसोम र गोल्डेन आइस बियरको बिक्री शुभारम्भ

हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी सहर पोखराबाट जोमसो र गोल्डेन आइस बियरको भव्य बिक्री शुभारम्भ गरिएको छ । ओम ब्रुअरी प्रालिले उत्पादन गरेका यी दुई बियर सोमबार साँझ पोखराका उद्योगी व्यवसायीहरुको ठूलो उपस्थितिकाबीच लञ्चिङ गरिएको हो ।

नेपाल मदिरा उत्पादक संघका केन्द्रीय अध्यक्ष बैजुप्रसाद बाबरा तथा ओम प्रकाशको रु दुई अर्ब लगानीमा रौतहट जिल्लाको डुमरियामा यस मदिरा उद्योग स्थापना गरिएको छ ।

यी दुई वियरको नेपालका लागि आधिकारिक बिक्रेता पोखरा–५ मा रहेको तारा समुन सप्लायर्स रहेको छ । यसको प्रोपाइटरमा मदिरा व्यवसायी महासंघका केन्द्रीय महासचिव समेत रहनुभएका सफल व्यवसायी ताराप्रसाद ढुँगाना हुनुहुन्छ ।

लञ्चिङ समारोहमा गण्डकी प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बजारमा आएका जोमसोस र आइस बियरले राम्रो बजार बजार बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।ओम ब्रुअरीका बैजुप्रसाद बाबराले नेपालकै उत्कृष्ट बियरका रुपमा मदिरा पारखीहरुकाबीच स्थापित हुने दावी गर्नुभयो ।

यो वियर जर्मन प्रविधिबाट उत्पादन भएको र जर्मन हप्स, बार्लि माल्ट, ब्रोकन राइसन लगायतको मिश्रण रहेको कम्पनीले जनएको छ । ओम ब्रअरीको मासिक एक लाख केस उत्पादन क्षमता रहेको र पूर्ण स्वचालित अटोमेटिक प्लान्ट रहेको कम्पनीका सिइयो अजयप्रसाद जैसवालले बताउनुभयो । यस उद्योगमा हाल ३०० जनाले प्रत्यक्ष रोजगारी पाएको बताइन्छ  ।

विसं २०५४ मा बाबा डिष्टिलरीबाट मदिरा उत्पादन शुुरु गरिएको ज्योति डिष्टिलरी तथा श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्ड्रष्टिज  हुदै ओम ब्रुअरीसम्म आइपुग्दा नेपालभर आफनो डिलर मार्फत मदिरा बिक्री वितरण भइरहेकाले बजारको कुनै समस्या नरहेको सिइयो जैसवालले बताउनुभयो ।

Comments
Loading...