एगा पोखराको अध्यक्षमा भण्डारी निर्वाचित

हिमाली आवाज । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको अध्यक्षमा इन्द्र भण्डारी सर्वसम्मत चयन हुनुभएको छ ।
पोखरामा बुधबार सम्पन्न भएको एगाको १९ औं बार्षिक साधारण सभा तथा १० औं अधिवेशनले भण्डारीको अध्यक्षतामा आगामी दुई बर्षका लागि नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको हो ।

एसोसिएसनको उपाध्यक्षमा गोकर्ण लम्साल, सचिबमा गीता ढकाल पौडेल, सहसचिबमा सुरेन्द्र पौडेल, कोषाध्यक्षमा माया सुवेदी सर्वसम्वत रुपमा चयन हुनुभयो । यसैगरी सदस्यहरुमा शुसिल ढकाल, रमेश सुवेदी, रामकृष्ण तिमिल्सिना, नारायण प्रसाद पाण्डे र होमराज भण्डारी रहनुभएको छ ।

अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद राजीव पहारीले गण्डकी प्रदेशको राजधानी पोखरामा पर्यटन प्रबद्र्धन गर्न यस्ता संस्थाहरुको भूमिका रहने बनाउनुभयो  । नेपाली उत्पादन गर्न तर्फ गार्मेन्ट व्यवसायीहरुलाई उहाँको आग्रह छ ।

एसोसियसनका अध्यक्ष विश्वराज पोख्रेलको अध्यक्षतामा कार्यक्रमम सम्पन्न भएको थियो ।

Comments
Loading...