हिमाली आवाज । नेपाली काँग्रेस कास्कीले पोखरामा बिहीबार पाँच दलीय गठबन्धन बीच चियापान तथा भेटघाट कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले इमान्दापूर्वक एकता कायम गरी गठबन्धनका उद्देश्यहरुलाई सफल पार्नुपर्ने बताउनुभयो ।
उपलब्धी प्राप्तिका लागि गठबन्धनका दलहरु बीच निरन्तर संवाद, छलफल जारी राख्नुपर्ने भन्दै उहाँले कास्की काँग्रेसले जिल्लास्तरमा सुरुवात गरेको उल्लेख गर्नुभयो ।
पोखरा चिप्लेढुङ्गास्थित नेपाली काँग्रेस कास्कीको प्राङ्गणमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसहित नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका कास्कीमा रहेका केन्द्रीय र जिल्लास्तरका नेताको सहभागिता रहेको थियो ।
कास्कीमा पाँच दलीय गठबन्धनका नेता बीच परिचय, छलफल र निर्वाचनको वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना जानकारी कास्की काँग्रेसका सह सचिव नवीन सिग्देलले जानकारी दिनुभयो । कार्यक्रम कास्की काँग्रेसका सचिव भानु ढकालले संचालन गर्नुभएको थियो ।

