टिभिएस बाइक र स्कुटीमा ‘कायापलट’ अफर, उपहारै उपहार जित्न सकिने

हिमाली आवाज । टिभिएस मोटरसाइलक तथा स्कुटीहरुको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता पोखरा नयाँबजार स्थित बतास ब्रदर्श प्रालिले यसपालिको चाडपर्वलाई लक्ष्य गरी ‘कायापलट’ अफर ल्याएको छ ।

टिभिएसको नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा बतासले यस क्षेत्रका ग्राहकहरुका लागि ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना भाद्र २० गतेबाट गण्डकी र धौलागिरी सहित देशभर सीमित अवधिको लागि उपलव्ध रहेको बतास ब्रदर्शका चिफ अपरेटिङ अफिसर राजेश रानाभाटले बताउनभयो । उहाँका अनुसार ‘कायापलट’ योजना अन्तर्गत नकिन्दै टिभिएसको पेजमा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ ।

हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई स्मार्ट फोन प्रदान गरिने कम्पनील्े जनाएको छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु.५० लाखको नगद पुरस्कार उपलब्ध गराइने बतास ब्रदर्श प्रालिका टिभिएसका बिक्री प्रवन्धक सन्तोष पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“नेपालीहरुका दशैँ, तिहार लगायतका चाडपर्वलाई लक्ष्य गरी ल्याइएको यस योजनाले टिभिएसको ब्राण्ड प्रवद्र्धनमा सघाउ पुग्नुका साथै ग्राहकहरुलाई पनि फाइदा हुनेछ । गण्डकी धौलागिरीमा सर्वाधिक रोजाईमा परेको टिभिएसको थप बजार विस्तारमा कायापलट अफरले योगदान पुग्ने विश्वास लिएका छौँ ।”

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २०% डाउनपेमेन्ट वा रु ४,२०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सक्नुहुनेछ । विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

Comments
Loading...