कोन सामुदायिक बचत तथा ऋण सहकारीको २४ औं साधारण सभा

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २४ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भयो ।

साधारण सभाको उद्घाटन गर्दै वडा नं १३ का वडा अध्यक्ष किरण वरालले सहकारीलाइ जनतामाझ घुलमिल गराउनको लागि प्रदेश सरकारको सहयोग जरुरी रहेको बताउँदै कोन सहकारीमा महिला सदस्य बढि भएकै कारण सहकारी राम्रो भएको भन्दै प्रशंसा गर्नुभयो ।

वडा १३ सदैव कोन सँग सहकार्य गरेर अगाडि बढ्न तत्पर रहेको अध्यक्ष बरालको भनाई छ । कोन सामुदायिक बचत तथा ऋण सहकारीका निर्वतमान अध्यक्ष तथा मानार्थ संरक्षक शरदकान्त सिग्देलले अधिवेशनवाट सदस्यहरुलाइ आफ्नो जिज्ञासा राख्न सजिलो वातवरण हुने उल्ल्ेख गर्दै शेयर सदस्यहरुको सक्रियता सहभागिताले सहकारीको योजना अगाडि बढाउन सजिलो भएको बताउनुभयो ।

संस्थाका अध्यक्ष तिर्थवहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संचालक समितिका सचिव शान्त कुमार श्रेष्ठ, कोषाध्यक्ष जय प्रसाद सापकोटा, सहकारीका लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानेन्द्र प्रसाद सिग्देल, सल्लाहकारको तर्फवाट अनुज सिग्देल, सहकारीका महाप्रवन्धक सुजता हमाल, शेयर सदस्यको तर्फवाट डिल्ली प्रसाद शर्मा, महिला शेयर सदस्यको तर्फवाट शावित्री पौडेल वराल लगायत भनाई राख्नुभयो ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष माधवप्रसाद सिग्देलले स्वागत र सचिव शान्तकुमार श्रेष्ठले संचालन गर्नुभयो । सो कार्यक्रममा सहकारी सात सिद्धान्त सहकारीका संचालक समितिका सदस्य जसुदा गुरुङले वाचन गर्नुभएको थियो ।

Comments
Loading...