तालिम आयोजना गर्दै विज्ञान शिक्षक समाज नेपाल,कास्कीले मनायो विज्ञान दिवस

हिमाली आवाज । विज्ञान र प्रविधिमा लगानी, समुन्नति र समृद्धिको आधार भन्ने नारासहित विज्ञान शिक्षक समाज नेपाल कास्की जिल्ला कार्यसमितिको आयोजनामा पोखरामा विज्ञान दिवस मनाइएको छ ।

विज्ञान दिवसको अवसरमा समाजले विज्ञान शिक्षामा अविवार्य र हालका विद्यालयसतरका पाठ्यक्रमले बढी महत्व दिएको प्रयोगात्मक कक्षा सम्बन्धी तालिमको आयोजना गरी विज्ञान दिवसको अवसरमा कार्यक्रम गरेको हो ।

गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको आर्थिक सहयोगमा गण्डकी आवासीय मा. वि. लामाचौरमा सम्पन्न उक्त कार्यक्रममा नेपाल फिजिकल सोसाइटी गण्डकी प्रदेश र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको पनि विशेष सहयोग रहेको थियो ।

विज्ञान शिक्षक समाज गण्डकी प्रदेशका संयोजक राज कुमार ढकाल र गण्डकी आवासीय मा.वि.का विज्ञान शिक्षक रवि सुनार प्रशिक्षक रहेको उक्त कार्यक्रमबाट कास्की जिल्लाका ५० जना विज्ञान शिक्षक लाभान्वित भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशका ढाकाराम भण्डारीले प्रतिष्ठान भर्खर स्थापना भएपनि विज्ञानको क्षेत्रमा विभिन्न संघसंस्था र विज्ञान सम्बद्ध व्यक्तिसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

समापन समारोह विज्ञान शिक्षक समाज नेपाल जिल्ला कार्यसमितिका अध्यक्ष शान्तराम लामिछानेको अध्यक्षता र  सचिव सुनिल न्यौपानेले सञ्चालन गनुभएको थियो भने स्वागत भाषण उपाध्यक्ष पुरुषोत्तम ढकालले गर्नुभएको थियो ।

सहभागीका तर्फबाट रिता खनाल,नेपाल फिजिकल सोसाइटीका अध्यक्ष कृष्णराज अधिकारी उपाध्यक्ष एवं गण्डकी विश्वविद्यालय गण्डकी प्रदेशका डिन कपिल अधिकारी, गण्डकी आवासीय मा.विका प्राचार्य विरेन्द्र खड्का लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।

Comments
Loading...