सहमतिनै समस्या समाधान हो : शिक्षामन्त्री पौडेल

हिमाली आवाज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताउनुभएको छ ।

पद्यकन्या क्याम्पसको ७२औँ वार्षिकत्सव समारोहको अवसरमा शनिबार क्याम्पस आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि पौडेलले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने धारणा राख्नुभयो ।

विश्वविद्यालयमा पहुँचको भरमा नियुक्ति हुनु राम्रो नभएकोभन्दै पौडेलले विश्वविद्यालयमा आफ्नो क्षमता र योग्यता सिद्द गरेर प्रतिस्पर्धाबाटै, सक्षम व्यक्ति आउने कुरा स्थापित गर्नु अहिलेको आवश्यकता भएको स्पष्ट पार्नुभयो ।

महिलाहरूको मुलतः अध्ययन र अध्यापन गराउने छुट्टै विश्वविद्यालयको रुपमा अघि बढाउन राखेको पद्यकन्या क्याम्पसको प्रस्ताव आफूले अघि बढाउने भन्दै मन्त्रि पौडेलले चीनमा पाँच लाख जनता बराबर एउटा विश्वविद्यालय र भारतमा १४ लाख जनता बराबर एउटा विश्वविद्यालय रहेको बताउनुभयो ।

Comments
Loading...