‘माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप’ भलिबलको उपाधि गलकोटलाई

हिमाली आवाज । गण्डकी प्रदेश अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता(माछापुच्छ«े गाउँपालिका अध्यक्ष कप–२०७९ ) को उपाधि बाग्लुङको गलकोट नगरपालिकाले जितेको छ ।

प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा गलकोट नगरपालिकाले बाग्लुङकै निसीखोला गाउँपालिकामाथि ३–२ सेटको जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

च्याम्पियन बनेको गलकोटले रु दुई लाख, शिल्ड, मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको निसीखोलाले रु एक लाख २० हजार, मेडल र प्रमाणपत्र पायो ।

संविधान दिवसका अवसर पारेर कास्कीको माछापुच्छ«े गाउँपालिका र माछापुच्छ«े गाउँपालिका भलिबल सङ्घको संयुक्त आयोजनामा यही भदौ ३० गतेदेखी माछापुच्छ«े–२ भुर्जुङखोलास्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको हो ।

यसैगरी स्याङ्जाको कालीगण्डकी गाउँपालिका र तनहुँको भिमाद नगरपालिकाले सान्त्वना स्थान हासिल गर्दै रु ३० हजारका दरले नगद र मेडल पुरस्कार प्राप्त गरे ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु सात हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताका उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर प्रशिक्षकलाई जनही रु पाँच हजारका दरले नगद र प्रमाणपत्र प्रदान गरिएको माछापुच्छ«े गाउँपालिका भलिबल सङ्घका सचिव मोहनसिङ तामाङले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजयी टोली तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, माछापुच्छ«े गाउँपालिका भलिबल सङ्घका अध्यक्ष राम पुन लगायतले पुरस्कार वितरण गर्नुभयो ।

सचिव तामाङका अनुसार पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा सहभागिताका लागि गण्डकीका ८५ वटै स्थानीय तहलाई पत्राचार गरिएकामा विभिन्न नगरपालिका तथा गाउँपालिका गरी १७ टिमको सहभागिता रहेको थियो ।

Comments
Loading...