पोखरामा टिभिएसको ग्राण्ड एक्स्चेन्ज मेला सुरु हुँदै,ग्राहकलाई उपहारै उपहार

हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी शहर  पोखरामा टिभिएस बाइक तथा स्कुटीको ग्राण्ड एक्स्चेन्ज मेला हुने भएको छ ।  टिभिएसको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रा.लि.ले पोखराको अमरसिंहचौरमा असोज ५ देखि १० गतेसम्म मेलाको आयोजना गर्न लागेको हो ।

बतास ब्रदर्श टिभिएस युनिटका बिक्री प्रवन्धक सन्तोष पोखरेलले एक्सचेन्ज मेलामा कुनै पनि कम्पनीको पुरानो तथा जुनसुकै मोडलको मोटरसाइकल वा स्कुटर ल्याएर नयाँ स्मार्ट टिभिएस मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने छ । पोखरेलले एक्सचेन्ज मेलामा पुराना मोटरसाइकल तथा स्कुटरको उचित मूल्यांकन गरिने बताउनुभयो ।

बतासले दशैँ तिहार लगायतका चाडपर्वलाई लक्ष्य गरी  ‘कायापलट’ विशेष उपहार योजना ल्याएको छ । यस योजना अन्तर्गतका सम्पूर्ण अफर एक्सचेञ्जमा पनि ग्राहकले प्राप्त गर्नेछन् ।

यो योजनाअन्तर्गत ग्राहकले नकिन्दै एक लाख र खरिद गरेपछि दश लाखसम्म जित्ने मौका रहेको छ । साथै एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार उपलब्ध गरिनेछ । यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा रु ४ हजार २ सयको मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिनेछ ।

Comments
Loading...