संविधान दिवसका अवसरमा क्यान्सर पीडितलाई काँग्रेस वडा नं ६ को सहयोग

हिमाली आवाज । बेंसीशहर नगरपालिका ८ का रक्त क्यान्सर पीडित २९ बर्षीय विकास घिमिरेलाई नेपाली काग्रेस वडा इकाई ६ बैदामले आर्थिक सहयोग गरेको छ । संविधान दिवसको अवसरमा सो सहयोग गरिएको हो ।

पोखरा महानगर पालिका वडा ६ बैदामका नेपाली काग्रेसका कार्यकताहरुले आर्थिक संकलन गरि घिमिरेको उपचारमा सघाउ पु¥याउन ३२ हजार ५५ रुपियाँ सहयोग गरेका हुन् । सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाली काग्रेस वडा इकाई सभापति सन्तोष पौडेलले विकास घिमिरेकी दिदी पोखरा ६ बैदाम मुलथोक निवासी अनिता घिमिरे बराललाई संकलित रकम हस्तान्तरण गर्नुभयो ।

सभापति पौडेलले सहयोग “रकम सानो भएपनि होस्टेमा हैसे गरेको बताउद,ै आगामि दिनहरुमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो।

आर्थिक संकलन संयोजक राम बहादुर लामिछानेको संयोजकत्वमा भएको हो ।कार्यक्रममा दिदी अनिताले आफ्नो भाईको उपचारमा सहयोग गरेको भन्दै धन्यवाद ब्यक्त गर्दै उपचारमा धेरे रकम खर्च हुने भएकाले सबैसंग सहयोगको अपिल गर्नुभयो ।

विकासको १८ महिना अघि बोनम्यारो प्रत्यारोपण गरिएकोमा अहिले पुनः स्वास्थ्यमा समस्या आएको हो । उपचारमा यसअघि १ करोड रुपियाँ भन्दा बढी खर्च भइसकेको र अहिले पुनः उपचारमा त्यतिकै रकम खर्च लाग्ने बताइन्छ । घिमिरेलाई २०७७ साल साउनको पहिलो साताबाट स्वास्थ्यमा समस्या आएको थियो । चैत ९ गते बोनम्यारो प्रत्यारोपण गरिएको थियो ।

अहिले पुनः समस्या आएपछि दिल्लीमा उपचार भईरहेको छ । कार्यक्रममा विश्वेश्वर टोल विकासका अध्यक्ष रविन्द्र कुँवर र इकाई सचिब प्रकास न्यौपाने, नेपालि काग्रेस वडा इकाई समितिका सदस्य प्रदिप छिन्दाल र नेपाल दतिल संघ बैदाम ६का अध्यक्ष सन्दिप दियाली लगाएतका बक्ताहरुले क्यान्सर पिडितलाई सहयोग गर्ने पाएकोमा खुशि बक्त गर्दै आफ्ना भनाई राखेका राख्नुभयो ।

Comments
Loading...