हिमाली आवाज । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महरा समानुपातिक सूचीमा पर्नुभएको छ ।

खस आर्य समुदायबाट महरा एक नम्बर समानुपातिकमा सूचीमा समेटिएको बताइन्छ । माओवादीले सोमबार निर्वाचन आयोगलाई सूची बुझाउने क्रममा महराको नाम समेत समानुपातिक सूचीमा राखेर पठाएको हो । प्रवक्ता महराले आफ्नो समानुपातिक सूचीमा जाने इच्छा भएको प्रतिक्रिया दिनुभयो ।
‘मैले समानुपातिक सूचीमा जाने इच्छा देखाएको साँचो हो । पार्टीका नेताहरुले समेत सहमति जनाउनुभएको छ । आयोगमा सूची बुझाउँदा मेरो नाम समानुपातिक नाम राखिएको कि राखिएन थाहा भएन ।’ महरा दाङ क्षेत्र नम्बर २ बाट र एकबाट सिफारिस हुनुभएको थियो ।