शिवशक्ति क्याम्पसको अध्यक्षमा टुवराज बास्तोला निर्वाचित

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ११ स्थित शिवशक्ति क्याम्पसको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा टुवराज बास्तोला निर्वाचित हुनुभएको छ । समितिको ११ औं साधारणसभा तथा छैटौं अधिवेशनले बास्तोलालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

बास्तोला फूलवारी क्लवका पूर्व अध्यक्ष, रोटरी क्लब अफ पोखराको पूर्वअध्यक्ष, जेसीज लगायतका संस्थामा रहेर काम गर्नुभएको छ । उहाँ पोखरा–७, रत्नचोकस्थित रत्नज्योति बोर्डिङ स्कूलको प्राचार्य हुनुहुन्छ ।

यसैगरी समितिको सदस्यहरुमा दुर्गा जोजीजु र बुद्विसागर घिमिरे निर्वाचित हुनुभयो । वडाध्यक्ष प्रेम कर्माचार्य, प्राचार्य दीपक बास्तोला र शिक्षक प्रतिनिधि दुई जना पदेन सदस्य रहनुहुनेछ । २१ सदस्यीय हुने समितिमा १४ सदस्य पछि मनोनित गरिने छ ।

अध्यक्ष बास्तोलाले क्याम्पसको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Comments
Loading...