कार दुर्घटनामा दुईको मृत्यु

हिमाली आवाज । कार अनियन्त्रित भएर दुर्घटना हुँदा झापामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी लेगडा–५ का ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरी उपमहानगरपालिका १० की ३० वर्षीया गीता चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा. १४च ९१०८ नम्बरको कार पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी– १० मा दुर्घटना हुँदा उनीहरूको ज्यान गएको हो । अत्यधिक गतिका कारण आफैँ अनियन्त्रित भएको कार बरको रूखमा ठोक्किएको थियो ।

Comments
Loading...