पोखरामा दुई बैँकको एटिएम मेसिन फोरेर चोरी गर्न खोज्ने तीन जना पक्राउ

हिमाली आवाज । पोखरामा एटिएम मेसिन फोरी चोरी गर्न खोजेको आरोपमा प्रहरी दुई छुट्टाछुट्टै घटनामा तीन जनालाई पक्राउ गरेको छ ।

यही असोज ३ गते दिउँसो ४ः१५ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.०९ नयाँबजारमा रहेको कृषि विकास बैकको एटिएम मेशिन फोरी नगद रुपैयाँ चोरी गर्ने प्रयास गरेको अभियामा पोखरा महानगरपालिका वडा नं.१६ बस्ने वर्ष २२ को सन्दिप बस्नेतलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी सोही घटनामा संलग्न भई भाग्दै गरेको अवस्थामा सोही स्थानकै वर्ष १९ को अनिस राना मगरलाई फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । एटिएम मेसिन चोरी हुँदै गरेको भन्ने सूचना प्राप्त पश्चात् तत्काल वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी परिचालन गरी उनीहरुलाई पक्राउ गरिएको निमित्त प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताउनुभयो ।

यसैगरी असोज ४ गते विहान २ बबजेको समयमा लेकसाईडस्थितमा रहेको एन. एम. बि. बैकको एटिएम मेशिन खुकुरी प्रयोग गरी तोडफोड गरी नगद रुपैयाँ चोरी गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका वडा न.१ घर भई हाल पोखरा वडा नं ८ बगालेटोल बस्ने वर्ष २५ को मनोज कुमाल छन् । उनलाई १२.५ फिट लम्बाई भएको फलामको खुकुरी सहित पक्राउ गरी दुबै घटनामा संलग्नलाई कास्की जिल्ला अदालत चोरी उद्योग मुद्दामा दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

Comments
Loading...