पर्यटन व्यवस्थापन समिति घान्द्रुकमा १५ वर्षपछि नयाँ नेतृत्व,अध्यक्षमा विक्रम

हिमाली आवाज । पर्यटन व्यवस्थापन समिति घान्द्रुकले १५ वर्षपछि नयाँ नेतृत्व पाएको छ । अन्नपूर्ण गाउँपालिका १०÷११ घान्द्रुकमा आज (मंगलबार) भएको प्रथम अधिवेशनले विक्रम गुरुङलाई अध्यक्षमा चुनेको हो ।

गुरुङको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको स्थानीय युवा व्यवसायी तथा समाजसेवी अमृत लामा गुरुङले जानकारी दिनुभयो ।

सो समितिको उपाध्यक्षमा थमबहादुर विश्वकर्मा, सचिवमा माया पुन थापा, सह–सचिवमा अर्जुन क्षेत्री र कोषाध्यक्षमा कृष्णप्रसाद गुरुङ चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा रामकुमारी दर्जी, मनोज गुुरुङ, रोविन गुरुङ, जयप्रसाद गुरुङ, धनबहादुर क्षेत्री, कृष्णबहादुर गुरुङ, ईश्वर गुरुङ, विनोद सुनार, कोमल बहादुर गुरुङ र अक्षा रसाईली रहनुभएको छ ।

सो कार्यक्रममा बोल्दै निवर्तनमान अध्यक्षसमेत रहनुभएका अग्रज पर्यटन व्यवसायी किसम गुरुङले १५ वर्षसम्म घान्द्रुकको पर्यटन प्रवद्र्धनमा निरन्तर लागेको बताँदै आगामी दिनमासमेत घान्द्रुकको विकास र पर्यटन प्रवद्र्धनको पक्षमा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

‘घान्द्रुक पर्यटकको रोजाईको केन्द्रबिन्दु हो, म लगायत समितिले गर्न सक्ने पूर्वाधार विकासमा केही काम गर्न सक्यौ, उहाँले भन्नुभयो,‘अझै घान्द्रुकको थप विकासमा सबैको हातेमालोले आवश्यक छ ।’

कास्कीको उत्तरी भेगमा पर्ने पर्यटकीय घान्द्रुक गाँउ हुदैं अन्नपूर्ण आधार शिविर, पुन हिल, घोडेपानी, टाडापानी लगायतको स्थानमा शाहसिक पदयात्रामा जान सकिन्छ । ढुंगेली गाउँ भनेर लोकप्रिय रहेको घान्दु्रक आन्तरिक र बाह्य पर्यटकको रोजाई बन्दै आएको छ ।

Comments
Loading...