पोखराका सहकारीकर्मी थापाद्धारा ७१ औ पटक रक्तदान

हिमाली आवाज । विरौटा बचत तथा ऋण सहकारी संस्था को १३ औ बार्षिक उत्सवको अवसरमा रत्तदान गरीएको छ ।

स्वास्थ्य का लागि रत्तदान भन्ने उद्देश्य सहित गरीएको कार्यक्रमको शुभारम्भ रेडक्रस सोसाइटी पोखरा १७ का अध्यक्ष झपिन्द्र राज रेग्मीले पहिलो रक्तदाता खिम राज आचार्यलाइ ब्लड ब्याग हस्तन्तरण गरी शुभारम्भ गर्नुभयो । सो अवसरमा सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले ७१ औ पटक रक्तदान गर्नुभएको छ ।

संस्थाका अध्यक्ष टिका प्रसाद पौडेल को सभापतित्वमा भएको कार्यक्रममा रत्त संचार केन्द का प्रमुख अर्जुन ज्ञवाली ,जेष्ठ नागरीक मञ्जका अध्यक्ष टोप राज ढुङ्गना , उपाध्यक्ष धुब अधिकारी ,सचिव ओम प्रकाश प्रसाद बराल ,संयोजक विकास गुरुङ ,पूव अध्यक्ष राजेन्द्र गुरुङ, रेडक्रसका सदस्य दिपेन्द बराल लगायतले आ आफ्नो भनाइ राख्नुभयो ।रक्तदानको महत्व स्वास्थ्य सम्बन्धी सचेतना प्राविधिक समिक्षा अधिकारीले बताउनुभएको थियो ।

१३ बर्ष अगाडी स्थापित सहकारीको शेयर पुजी ५ करोड रहेको छ भने लगानी १४ करोड सहित कुल कारोबार २३ करोड रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

Comments
Loading...