काठमाडौँदेखी रुकुमकोट जाँदै गरेको बस दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु

हिमाली आवाज । काठमाडौँदेखी रुकुमकोट जाँदै गरेको बस रुकुममा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार दिउँसो साढे २ बजेटको समयमा रुकुमको भुमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो ।

काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिनुभयो । मृत्यु भएकाको परिचय खुल्न बाँकी छ । घटनाको थप विवरण आउँदैछ ।

Comments
Loading...