प्रेम–शान्ति राष्ट्रिय साहित्य पुरस्कार कथाकार मन्दिरा मधुश्रीलाई

हिमाली आवाज । लमजुङ पोखरा सम्पर्क समिति पोखराले हरेक वर्ष प्रदान गर्ने प्रेम शान्ति राष्ट्रिय साहित्य पुरस्कार विराटनगरकी कथाकार मन्दिरा मधुश्रीलाई आज पोखरामा एक समारोहका विच प्रदान गरिएको छ ।

जन्मथलो लमजुङ भई पोखरालाई कर्मथलो बनाएका लमजुङेहरुको संस्था लमजुङ पोखरा सम्पर्क समितिले हरेक बर्ष प्रदान गर्ने प्रेम–शान्ति राष्ट्रिय साहित्य पुरस्कार कथाकार मन्दिरा मधुश्री लाई प्रदान गरेको छ । साहित्य क्षेत्रमा कलम चलाउने श्रष्टा सम्मान गर्ने क्रममा उक्त पुरस्कार प्रदान गरीएको हो ।

पोखरामा रहि साहित्य र समाजका लागि उल्लेख्य भूमिका निर्वाह गरिरहेको लमजुङ पोखरा सम्पर्क समितिले हरेक वर्ष विविध साहित्य विधामा बिभिन्न पुरस्कारहरुबाट श्रष्टाहरुलाई सम्मान गर्दै आईरहेको छ । लमजुङ जिल्लामा हलो क्रान्ति गरी विं. सं २०५० सालदेखी अनवरत सञ्चालनमा आएको यस समितिले अक्षय कोष स्थापना गरी साहित्यका बिबिध बिधामा सुर्य लक्ष्मी पुरस्कार, पञ्चसुब्बा ढाँटी पुरस्कार, प्रेम शान्ती पुरस्कार प्रदान गर्दै आईरहेको छ । यसका सथै लमजुङबाट उच्च शिक्षाका लागि पोखरा आई अध्यन गर्ने जेहेनदार १ जना विद्यार्थीलाई यस समितिले वार्षिक रुपममा छात्रवृत्ति समेत प्रदान गरिरहेको छ ।

लमजुङ पोखरा सम्पर्क समाजका अध्यक्ष बिपिन अधिकारीको अध्यक्षता तथा पोखराका प्रख्यात साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा भएको उक्त श्रष्टा सम्मान कार्यक्रममा पोखराका लघु कथाकारहरुले आफ्ना लघु कथाहरु समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी साहित्यकार सरुभक्तले राष्ट्र कबि माधव घिमिरे जस्तो व्यक्तित्व उत्पादन गर्ने लमजुङ जिल्ला नेपालको साहित्यलाई नेतृत्व गर्ने जिल्लाको रुपममा स्थापित भईसकेको बताउनुभएको थियो ।

यसका साथै कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यबाद ज्ञापन गर्दै समितिका अध्यक्ष विपिन अधीकारीले समितिले पोखराको गण्डकी अस्पताल आगाडी लमजुङ पार्कको स्थापना गरेको बताउदै अबका दिनहरुमा समितिलाई आर्थीक रुपमा बलियो बनाउनका लागि लमजुङ सहकारीको स्थापना गरिएको बताउनुभएको थियो ।

Comments
Loading...