पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्षमा पौडेल निर्वाचित

हिमाली आवाज । पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्षमा उपेन्द्र पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

परिवारको अध्यक्ष एवं कार्यकारिणी समितिका सदस्यहरुको आज भएको निर्वाचनबाट पौडेलेको अध्यक्षतामा १३ सदस्सीय समिति चयन भएको हो ।

परिवारको उपाध्यक्षमा रीता अधिकारी(ऋतु),सचिव डा चैतन्य अधिकारी, कोषाध्यक्ष, अर्जुन अधिकारी र सहसचिवमा शिव त्रिपाठी निर्वाचित हुनुभयो । यसैगरी साहित्य संयोजकमा डा शरण आँसु, सङ्गीत संयोजकमा एम डि काफ्ले र कला संयोजकमा उमेद पौडेल हुनुहुन्छ ।

कार्यकारिणी समितिको सदस्यहरुमा हसिना बस्नेत, शिव सङ्कल्प, दीपेन्द्र थापा, प्रकाश आचार्य र मिलन गिरी चयन हुनुभयो ।

Comments
Loading...