पोखरामा टिभिएस ग्राण्ड एक्सचेञ्ज : पाँच दिनमा १४८ बाइक र स्कुटी साटफेर

हिमाली आवाज । टिभिएस बाइक तथा स्कुटीको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता बतास ब्रदर्शले पोखरामा सञ्चालन गरेको ग्राण्ड एक्सचेञ्ज मेलामा ग्राहकको आकर्षण बढेको छ ।

नेपालीहरुको ठूलो पर्व दशैँको सम्मुखका कम्पनीले यही असोज ५ देखी पोखराको अमरसिँहचौरमा आयोजना गरेको एक्सचेञ्जमा पुरानो बाइक साटफेर तथा नयाँ खरीदकर्ताको आकर्षण बढेको हो ।

कम्पनीले असोज १० सम्म आयोजना गरेको एक्सचेञ्ज क्याम्पमा हालसम्म १४८ मोटरसाइकल तथा स्कुटर साटफेर तथा बिक्री भएको बतास ब्रर्दश प्रालिको टिभिएसका म्यानेजर सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

“दशैको नजिक आयोजना गरिएको एक्सचेञ्ज राम्रो भएको छ । आफ्नो सवारी साधन अपग्रेड गर्नेहरुको राम्रो उपस्थिति छ । ” पोखरेलले भन्नुभयो । कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल तथा स्कुटी साटफेरको व्यवस्था गरिएको बतास ब्रदर्शले जनाएको छ ।

कम्पनीका अनुसार दशैँ तिहार लगायतका चाडपर्वलाई लक्ष्य गरी ल्याइएको अफरबाट समेत बिक्री बढाउन सहयोग पुगेको बताइन्छ ।
बतासले दशैँ तिहार लगायतका चाडपर्वलाई लक्ष्य गरी ‘कायापलट’ विशेष उपहार योजना ल्याएको छ । यस योजना अन्तर्गतका सम्पूर्ण अफर एक्सचेञ्जमा पनि ग्राहकले प्राप्त गर्नेछन् ।

उपहार योजनाअन्तर्गत ग्राहकले नकिन्दै एक लाख र खरिद गरेपछि दश लाखसम्म जित्ने मौका रहेको छ । साथै एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार उपलब्ध गरिनेछ । यो योजनामा सुलभ फाइनान्स अफर पनि समावेश गरिएको र जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा रु ४ हजार २ सयको मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिनेछ म्यानेजर पोखरेलले जानकारी दिनुभयो ।

Comments
Loading...