गोर्खाको मनास्लु हिमालमा हिउँ पहिरोमा परी एक जनाको मृत्यु,१६ पर्यटक घाइते

हिमाली आवाज । गोर्खाको मनास्लु हिमालको दुई नम्बर आधार शिविरमा हिउँ पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने १६ जना पर्यटक घाइते भएका छन् ।

आज अहिले दिउँसो १ः०० बजेको समयमा आएको हिउँ पहिरोका कारण एक जना गाइडको मृत्यु भएको हो भने १६ जना पर्यटकहरू घाइते भएका हुन ।

राई थरका एक जना गाइडको मृत्यु भएको तेस्रो आधार शिविरमा रहेका माइला गुरुङले पुष्टि गर्नुभएको छ । “रेडियो सेटबाट पाएको जानकारी दिएको हुँ ,यहाँ मौसम अत्यन्त खराब छ १६ जना साथीहरूको अवस्थाबारे बेलुकासम्म जानकारी दिन्छु म घटनास्थलतर्फ जाँदै छु”, माइला गुरुङले भन्नुभयो । घटनाको  थप विवरण आउन बाँकी ।

Comments
Loading...