मनास्लु हिमपहिरोका दुई घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

हिमाली आवाज । मनास्लु हिमाल आरोहणका क्रममा सोमबार बिहान १२ बजे तेस्रो र चौथो शिविरमा जाने मार्गमा गएको हिमपहिरोमा परेका दुई घाइतेको कैलाश हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएको छ ।

कैलाशका प्रबन्धक निर्देशक प्रतापजंग पाण्डेले गोरखाको सामागाउँबाट कैलाशको हेलिकप्टरले दुई जना घाइतेलाई काठमाडौं बुढानीलकण्ठमा रहेको करुणा अस्पताल ल्याएको बताउनुभयो ।

ती दुई घाइतेलाई सिम्रिक एयरको हेलिकप्टरले मनास्लु हिमालको ६ हजार ८ सय मिटर उचाईमा रहेको तेस्रो शिविरबाट उद्धार गरेर सामागाउँ झारेको थियो । त्यहाँबाट कैलाशको हेलिकप्टरमा काठमाडौं पठाइएको हो । करुणा अस्पतालले दुई जना घाइतेहरू डेन्जी शेर्पा र जीतबहादुर तामाङ रहेको बताएको छ । दुवैको इमरजेन्सी वार्डमा उपचार भइरहेको छ ।

Comments
Loading...