सन्दर्भ १६ औ विश्व रेबिज दिवस : रेविज रोगका बारेमा जानकारी

सुरेश कुमार श्रेष्ठ
प्राविधिक अधिकृत
पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय, गण्डकी प्रदेश, पोखरा
‘एक स्वास्थ्यको अवलम्वन, रेविजबाट शुन्य निधन’को मुल नाराका साथ विश्व रेविज दिवस २०७९ भव्यरुपमा रेविज सप्ताह देशै भरि मनाईदै छ , मिति २०७९ साल असोज ०६ देखि १२ सम्म ।
परिचय
रेबिज मानिस तथा जनावरहरुमा लाग्न सक्ने एक प्राण घातक जुनोटिक रोग हो । मानिस तथा कुकुरमा लाग्न सक्ने लक्षणहरु बारे इसापूर्व ३००० वर्ष पहिले नै यहुदी ग्रन्थमा लेखेको पाइन्छ । यो रोगको विषाणुले मुख्यतया केन्द्रिय स्नायु प्रणालीमा असर पारी उत्तेजना तथा पक्षघातका लक्षणहरु सिर्जना गर्ने गर्दछ । यो रोग मानिसमा पनि लाग्ने हुनाले जन स्वास्थ्यको दृष्टिकोणबाट पनि अति महत्वपूर्ण छ ।

खास गरेर पशु स्वास्थ्य कर्मिहरुको लागि रेविज बढी खतरापूर्ण र जोखिम छ । नेपालमा मुख्यतया रेविज बहुला कुकुरको टोकाईबाट मानिसमा सर्ने गरेको छ र केहिलाई विरालो, न्याउरीमुसा र स्यालको टोकाईबाट भएको पाईएको छ ।
रोगको कारण
सर्ने तरिकाः
यो रोगको सम्वाहक बहुला जनावर नै मानिन्छ । यस्ता जनावरको र्यालमा भएको विषाणु र उक्त जनावरको टोकाई वा अन्य माध्यम हुदै शरिरका विभिन्न स्नायु प्रणाली हुदै मस्तीस्कमा पुग्दछ ।
यो रोग २ प्रकारले सर्दछ ।
१) टोकाईबाट
२) विना टोकाईबाट
रेविज रोग लाग्न सक्ने सम्भावित कारणहरु
१) वहुला कुकुर वा विरालोले टोकेमा ।
२) जंगली जनावर जस्तै स्याल,व्वांसो, न्याउरीमुसा फ्याउरोले अकस्मात टोकेमा ।
३) वहुलाएको जनावरको र्याल चोटपटक लागेको भाग वा आलो घाउमा पर्न गएमा ।
४) रेविज लागेको गाई भैसींलाई जवरजस्ती मुख खोलेर जांच्दा वा औषधि खुवाउदा चोटपटक लागेको भागमा र्याल लटपटिन पुगेमा ।
५) रेविज रोग लागि विरामी वा असक्त भई लडेको चमेरो छुने चलाउने गर्दा टोक्न पुगेमा वा चोटपटक लागेको भागमा र्याल पर्न गएमा ।
६) रेविज लागेको जनावरको मासु काटकुट गर्दा लाग्ने चोटपटकमा र्याल, गिदि लसपस हुन पुगेमा
७) रेविज रोग लागेर मरेको मानिसको नेत्रदान गरिएमा ।
कुकुरमा रेविजको लक्षणहरु २ अवस्थामा देखा पर्दछ ।
१ उत्तेजित अवस्था
२ लाटो अबस्था
१ उत्तेजित अवस्था
सामान्य वानी व्यहोरा र सिल स्वाभावमा परिवर्तन
मालीकले बोलाएको नसुन्ने,भनेको नमान्ने, चन्चल हुने, अध्यारो रुचाउने ।
मालीक र अन्य कुकुर संग मिलेर वस्न नचाहने ।
आक्रमक स्वभावको विना कारण जे पायो त्यसैलाई झम्टने , मालीकलाई समेत टोक्ने
टाँगमुनी पुच्छर हालेर दौडने ।
बाटोमा अगाडी पर्ने कुनै पनि वस्तु, पशु वा मान्छेलाई टोक्ने र लगातार दौडिरहने, भुकी रहने
लामो दुरी तय गर्ने घर फर्कने वा नफर्कन पनि सक्दछ ।
पछि गएर माँसपेशीको पक्षघात हुने ।
प्रसस्त र्याल काड्ने, भुक्न नसक्ने, ।
टाउको निहुर्याउने, जिव्रो बाहिर निकाल्ने
पछाडीको खुट्टा कमजोर भई हिड्न नसक्ने ।
रोगको लक्षण ४—७ दिन सम्म रहन्छ । लक्षण देखाएको १० दिन सम्म बाच्दछ ।

२ लाटो अवस्था
कुकुर सुस्त हुन्छ ।
रयाल निकाली रहने
सान्तसंग बसेको ४।५ दिनमा कुकुर मर्दछ

गाई भैसीमा देखिने लक्षणहरु
जनावरको हेराई एकोहोरो हुृन्छ ।
अकस्मात जनावर तर्सने ।
आक्रमक हुने मानिस वा कुनै पशु वस्तुलाई हान्ने
अजिव स्वर गरेर कराउने ।
दात किटकिटाउने , घाँस पानी ननिल्ने, निल्न नसक्ने ।
आँखा राता राता पारी हेर्ने ।
साँढे , राँगो खोजे जस्तो गरी पिसाव तुर तुर गर्ने ।
विस्तारै पछाडीको भागको पक्षघात हुने लगातार र्याल काडी रहने गुद्धारको पक्षघात हुने
पक्षघात भएको ३—४ दिनमा पशु मर्ने ।
रोगको पहिचान
१) लक्षणको आधारमा
२) प्रयोगशालामा मस्तीस्कको परिक्षण गरी रोग एकिन गर्न सकिन्छ ।

रेवीज विरुद्ध खोप लिनु पर्ने अवस्था
१) लक्षणको आधारमा वहुला हो भन्ने एकिन भएको कुकुरले टोकेमा ।
२) टोक्ने कुकुर मारीएमा ।
३) टोक्ने कुकुरको पहिचान गर्न नसकिएमा ।
४) टोक्ने कुकुर हराएमा वा वेपत्ता भएमा ।
५) शंकास्पद कुकुर रेवीज रोगको लक्षण देखाई १० दिन भित्र मरेमा वा प्रयोगशालामा शंकास्पद मारिएको कुकुरको गिदि परीक्षण गर्दा रेबिज लागेको प्रमाणित भएमा ।
६) बहुला जनावरको र्याल आलो घाउ, चोटपटक लागेको भागमा परेमा ।
७) कुनै पनि जंगलि जनावरले अकस्मात आक्रमण गरी टोकेमा ।
८) र्याल काढि रहेको गाईभैसीलाई औषधि खुवाउने क्रममा मुख भित्र हात हालेमा र पछि र्याल लसपस भएमा ।
९) केटाकेटीहरुलाई कुकुरले टोकेको तर टोक्ने कुकुरको पहिचान वयस्क व्यक्तिवाट हुन नसकेमा ।
१०) शंकास्पद परिस्थितिमा चिकित्सकको सल्लाह वमोजिम गर्ने ।

रेविज रोगको प्राथमिक उपचार
कुनै पनि वहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्वभ भएमा सावुन पानीले नत्रभने सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी ३ाउमा लगाउने औषधि (डिटोल, आयोडिनको झोल) लगाउनु पर्दछ । यसरि रेवीजरोगको केहिहद सम्म प्राथमिक उपचार गर्न सकिन्छ ।

उपचार : रेबिज रोग VIRUS बाट हने भएकोले यो रोगको खासै उपचार हुँदैन ।

रोकथाम :
बहुला जनावरले टोक्नासाथ घाउलाई तुरुन्त सावुन पानीले राम्रो संग धुने र पोटास पानी जस्तो औषधिले घाउ सफा गर्ने ।
टोक्ने जनावरलाई तुरुन्त बाध्ने , थुनी प्रत्यक्ष नियन्त्रणमा राखी १० दिन सम्म चाल चलन हेर्ने
निगरानी राखेको जनावर वा कुकुरले लक्षण देखाएमा तुरुन्त खोप लगाउने । १० दिन सम्म कुनै चालचलनमा परिवर्तन नभए भ्याक्सिन नलगाउने ।
नोबिभ्याक नेजारया
रेविज रोगको तितो सत्य ः
१) कुकुरमा रेविज रोग नलाग्ने तर रेविज विषा०ाु वोकेर हिड्ने वा स्वस्थ देखिएका कुकुरले अरुलाई टोकेर सार्ने-Carrier stage) अवस्था रहदैन ।
२) वहुला जनावरले जुनसुकै भागमा टोके पनि रेविज विषाणु टोकेको भागवाट केवल स्नायु भएर मात्र मस्तिष्कसम्म पुग्५ । रेविज विषाणु स्नायु मार्फत प्रति घण्टा ३ मिलिलिटरको दरको मस्तिष्क तर्फ बढ्छ ।
३) रेविज लागेको जनावरको रगतमा रेविज विषाणु Vimeria  रहदैन ।
४) रेविज विषाणु छट डिग्रि सेल्सीयस तापक्रममा निष्क्रिय हुन्छ ।
५) आज सम्म रोगलागेको जनावरको दूध पिएर मानिसलाई रेविजरोग लागेको घटना रेर्कड गरिएको वा प्रमाणित भएको छैन ।
६) मानिसकोहकमा रेविज विषाणुले गर्भवति अवस्थामा सालनाल भएर गर्भाशयमा प्रवेस गर्न सक्तैन । रेविज लागेको महिलाको पाठेघरवाट स्वस्थ शिशु निकालिएको र वाचेको तथ्य छ ।
७) प्राकृतिक अवस्थामा रेविजरोग लागेर रोग प्रतिरोध गर्ने क्षमता विकसित हुदैन ।
८) रेविज रोग लाग्न कम्तिमा ३ दिन र वढिमा ८ वर्ष लागेको रेर्कड छ ।
९) साधारणः रेविजरोग लागेको कुकुर वा जनावर ६ दिन भित्र मरिहाल्दछ । तर रेविजरोगको स्पष्६ लक्षण देखिनु भन्दा ४ दिन अगाडिको र्यालमा रेविज भाईरस पाईन सक्ने भएकोले विश्व स्वास्थ्य संघ World Health Organization ले वढिमा १० दिन टोक्ने कुकुर हेर्न सिफारिस गरेको छ ।
१०) नेपालमा वर्षेनि १०० जना रेविज रोग लागेर मर्ने गरेको अनुमान छ भने विभिन्न समयमा गरेको सर्वेक्षण अनुसार २५ हजार भन्दा वढि व्यक्तिले रेविजरोगवाट वच्न खोप लिने गरेको तथ्याङ्क छ ।
११) एसियामा मात्र प्रत्येक १५ मिनेटमा एक मानिस रेविज लागेर मर्ने गर्दछन, रेविज रोगिहरु मध्ये कम्तीमा ४० प्रतिशत १५ वर्ष मुनिका हुने गर्दछन् । साथै प्रति घण्टा ८ सय मानिसले वहुला जनावरको टोकाई वा सम्पर्कका कारण रेविज विरुद्ध खोप लगाउने गर्दछन् ।

Comments
Loading...