हिमाली आवाज । सल्यानको मुलपानीमा आज विहानै जीप दुर्घटना हुँदा एक बालकसहित ८ जनाको मृत्यु भएको छ।

मृतकमध्ये एक महिला र सात पुरूष रहेको इलाका प्रहरी कार्यालय सल्यान कपुरकोटले जनाएको छ । थप एक जना घाइतेलाई उपचारका लागि दाङको तुलसीपुरतर्फ तर्फ पठाइएको छ । हालसम्म मृतक कसैको पनि पहिचान खुलिसकेको छैन।
जीप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको हो । प्रहरीका अनुसार उक्त जीपमा ९ जना सवार रहेका थिए ।घटनाको थप विवरण आउन बाँकी छ ।