रेविज दिवसका अवसरमा पोखरामा प्रभातफेरीको आयोजना(फोटो फिचर)

हिमाली आवाज । विश्व रेविज दिवसका अवसरमा पोखरमा आज प्रभातफेरीको आयोजना गरिएको छ ।

पोखरामा क्रियाशील पशुपन्क्षीको स्वास्थ्यमा काम गर्दै आएका विभिन्न सरोकारवाला निकायहरुको सहभागितामा चिप्लेढुँगादेखी हस्पिटलचोकसम्म रेविज सचेतनाका प्लेकार्ड सहित प्रभातफेरीको आयोजना गरिएको हो ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) र नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन(नेल्भा)को संयुक्त आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की र पोखरा महानगर पशु सेवा शाखाको समन्वयमा कार्यक्रम भएको हो ।

प्रभातफेरीमा पशु चिकित्सक तथा प्राविधिक, पशु सेवा प्राविधिक र पशु विज्ञान अध्ययन गर्ने विद्यार्थीहरु लगायतको सहभागिता रहेको पोखरा महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार समुदायमा रेबिजका वारेमा सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको हो । कास्कीमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख डा शम्भुराज पाण्डेले बताउनुभयो ।

प्रभातफेरीपछि आयोजित कार्यक्रममा गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाईले रेविज रोगको रोकथाम र न्यूनीकरणका लागि आम समुदायमा सन्देश फैलाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पशुरोग अन्वेशण प्रयोगशाला पोखराका प्रमुख डा केदारराज पाण्डे, नेल्टाका केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठ, पशु प्राविधिक एवं कार्यक्रम संयोजक सहदेव पौडेल लगायतले रेविज सचेतनाका बारेमा भनाई राख्नुभएको थियो ।

Comments
Loading...