हिमाली आवाज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले नेपालमा भोकमरी समस्या आउन नदिन समयमै उत्पादन गर्न आग्रह गर्नु भएको छ ।
पोखरा २२ मा रहेको सकृय महिला विकास बचत तथा ऋण सहकारी संस्थाको बुधबार सम्पन्न भएको २२ औं साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले नेपालमा भोकमरी समस्या आउन सक्ने भएकोले समयमै उत्पादन गर्न तर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भएको हो ।
भारतले कुनै पनि समयमा नाकावन्दी गरेमा नेपालमा केही महिनामै भोकमरी समस्या उत्पन्न हुने हँुदा हरेक गाँउमा कृषि उत्पादन गर्नुपर्ने उहाँले बताउनु भयो । खेतवारी बाँझै हुनु र मैदानी भागमा घर जग्गा बन्नुले नेपालको उत्पादनमा ह््रास आएको मन्त्री बरालको भनाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लीलाधर पौडेलले पछिल्लो समयमा आम्दानीको श्रोत बढ्दै गएकोले उक्त पूंजिलाई उचित ढंगले प्रयोग गर्न आग्रह गर्नु भयो । सरकारी ढुकुटीमा आफुले आँखा नलगाउने बताउदै उहाँले आफ्नै ढंगले जीवन विताउने जनाउनु भयो ।
पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले कृषि क्षेत्रको प्रबद्र्धन हुने गरी उत्पादन क्षेत्रमा लगानी गरी आत्मनिर्भर तर्फ लाग्न आग्रह गर्नु भयो । जिल्ला सहकारी संघका कोषाध्यक्ष नवराज बरालले समय सापेक्ष संस्थालाई प्रविधि मैत्री बनाउन सुझाव दिनु भयो । राष्ट्रिय सहकारी बैंक पोखराका नरेस पाण्डेले उक्त सहकारीलाई बचत तथा ऋणको मात्रा बढाउन आग्रह गर्नु भयो ।
संस्थाका अध्यक्ष लक्ष्मीदेवी पौडेल बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा २२ का वडा सदस्य सिता देवी बि.क., निर्वमान अध्यक्ष कमला बराल, शुक्रराज माविका प्राचार्य नरनाथ बराल, शेयर सदस्य विशेश्वरी बराल, सहकारीकर्मी कोपीला पौडेल, सहसचिब सावित्रा ढुंगाना पौडेल, सदस्य सर्मीला पराजुली लगायतले वोल्नु भएको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष कमला बराल सहित अन्य व्यक्ति तथा उत्कृष्ट शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । २०५६ सालमा ९९ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल १ हजार १ सय ८४ जना शेयर सदस्य रहेका छन ।
त्यसै गरी संस्थाको शेयर पूंजि २ करोड १४ लाख ३५ हजार ५ सय रहेको छ भने चालु आर्थिक बर्षमा ५ करोड ४८ हजार ४ सय ९० लगानीभएको अध्यक्ष लक्ष्मीदेवी पौडेल बरालले बताउनुभयो

