यसपालिको चाडपर्वमा महिन्द्रा ट्याक्टर किन्दा उपहारै उपहार

हिमाली आवाज । नेपालीहरुका ठूला चाडपर्व दशै, तिहार, छठ लगायतलाई लक्ष्य गरी महिन्द्रा ट्याक्टरको नेपालको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले ‘महिन्द्रा उत्सव’ उपहार योजना ल्याएको छ ।

महिन्द्रा ट्याक्टरको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता बतास ब्रदर्श पनि सो योजना गण्डकी प्रदेशमा लागू हुने जनाएको छ । यसपटक महिन्द्रा ट्याक्टरको खरीदमा ग्राहकले आकर्षक उपहार प्राप्त गर्ने बतास ब्रर्दश महिन्द्रा ट्याक्टरको बिक्री म्यानेजर पुष्प बरालले बताउनुभयो ।

उहाँका अनुसार हरेक ट्याक्टर खरीदमा स्मार्ट फोन, टेलिभिजन, आधा तोला सुन र इन्जिन हाइड्रोलिक र गियर आयल प्राप्त गर्नेछन् ।यसैगरी ग्राहकले बम्परमा मोटरसाइकल जित्न सक्नेछन् ।

“चाडपर्वका अवसरमा महिन्द्रा ट्याक्टरले ग्राहकलाई निश्चित उपहार जित्ने गरी उपहार योजना ल्याएको छ ।” म्यानेजर बरालले भन्नुभयो,“कसैको पनि हात खाली नजाने गरी उपहार प्राप्त हुनेछ । उपहार योजनाले यस क्षेत्रमा सर्वाधिक मनपराइएको महिन्द्रा ब्राण्डको थप प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ ।” महिन्द्राले उपहार योजनाहरु आगामी मंसिर २९ गतेसम्म लागू हुने जनाएको छ ।

Comments
Loading...