प्रदेश खेलकुद परिषद गण्डकीद्वारा सल्लाहाकार हरुलाई मनोनयन पत्र प्रदान

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकी द्वारा हालै नवनियुक्त सल्लाहाकारहरुलाई मनोनयन पत्र हस्तान्तरण गरेको छ ।

परिषदले पोखरा रंगशालास्थित आफ्नै सभाकक्षमा आयोजित एक कार्यक्रममा नवनियुक्त सल्लाहाकारहरुलाई मनोनयन पत्र प्रदान गरेको हो । प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ३(ज) बमोजिम उनीहरुलाई गत भदौ ८ गते यूवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष समेत रहेका राजिव गुरुङको अध्यक्षतमा सम्पन्न वोर्ड बैठकले उनीहरुलाई मनोनयन गरेको थियो ।

परिषदको सल्लाहकारमा मनोनयन हुनेहरुमा खड्ग बहादुर रानाभाट (स्याङजा), गणेश बहादुर भट्टराई (कास्की), दिनेश श्रेष्ठ (कास्की), देवेन्द्र शेरचन (कास्की), इन्द्र बहादुर गुरुङ (गोरखा), सम्पन्न श्रेष्ठ (बागलुङ), महेश गुरुङ (कास्की), सुनिल गुरुङ (कास्की) र ओम बस्नेत (कास्की) रहनुभएको छ ।

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले नवनियुक्त सल्लाहाकार हरुलाई मनोनयन पत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले नवनियुक्त सल्लाहाकारहरुको मनोनयनले प्रदेशको खेलकुद विकासमा थप सहयोग पुग्ने बताउनुभयो ।

Comments
Loading...