स्याङ्जाको साल्मेडाँडामा समाधिस्थल निर्माण

हिमाली आवाज । स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थललाई तीव्रता दिइएको छ ।

रु पाँच अर्बको गुरुयोजना बनाई साल्मेडाँडामा नौ वर्षदेखि निर्माणकार्यलार्ई तीव्रता दिन लागिएको जानकारी गोरखा स्मारक ट्रष्ट साल्मेडाँडाका संयोजक धर्मबहादुर गुरुङले बताउनुभयो ।

पैसा अभावकै कारण केही वर्षयता समाधिको निर्माणले निरन्तरता पाउन सकेको थिएन । गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो)का पदाधिकारीसहितको टोली बिहीबार समाधिस्थल पुगी निर्माणलाई तीव्रता दिने जनाइएको हो ।

बेलायती सेनामा भर्ना भई प्रथम र दोस्रो युद्धमा मृत्यु भएका ६० हजार नेपालीको स्मृतिमा निर्माणाधीन उक्त समाधि निर्माणमा हालसम्म रु १५ करोड खर्च भइसकेको छ ।

पूर्वगोर्खा सैनिकहरूद्वारा पैसा उठाएर विस २०७१ देखि समाधिको निर्माण सुरु गरिएको हो । समाधि निर्माणसँगै गाउँमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने आशा फेदीखोला गाउँवासीको छ ।

Comments
Loading...