हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ३२ स्थित गगनगौडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभा तथा पाचौं अधिवेशनले बसन्तराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
त्यस्तै उपाध्यक्षमा पुष्पराज शर्मा पौडेल, सचिवमा भुवानीप्रसाद पौडेल, कोषाध्यक्षमा भरत थापा र सदस्यहरूमा विनोद श्रेष्ठ, गंगा पौडेल, पूर्णदिप पौडेल, धनकुमारी परियार, इन्द्रा गुरुङ, पार्वती पन्थी र रामप्रसाद तिवारी रहनुभएको छ ।अधिवेशनले लेखा समितिको संयोजकमा पवित्रा अधिकारी र सदस्यमा भगवती सुवेदीलाई निर्वाचित गरेको छ ।

