इटहरीका पूर्व मेयर द्वारिकालाल माओवादी केन्द्रमा प्रवेश

हिमाली आवाज । इटहरी उपमहानगरका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । आगामी निर्वाचनमा सुनसरी–२ को (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने शर्तमा उहाँ माओवादीमा प्रवेश गरेको बताइन्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आइतबार विहान नेता चौधरीले पुगेर प्रवेश गर्नुभएको हो ।
२०७४ को निर्वाचनमा इटहरीका मेयर निर्वाचित चौधरी नेता भीम आचार्य निकट हुनुहुन्थ्यो ।

१० बुँदे सहमतिका बेला आचार्य एमालेमा रहेपछि उहँपनि एमालेमै रहेकामा अहिले आचार्यको आफ्नै टिकटको टुंगो नभएका बेला चौधरी माओवादी प्रवेश गर्नुभएको हो ।

Comments
Loading...