हिमाली आवाज । केहीदिनदेखि निरन्तर परेको वर्षाका कारण पृथ्वीराजमार्गका केही ठाउँमा पहिरा गएपनि अधिकांश खण्ड भने सञ्चालनमै छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङका केही ठाउँमा पहिरा गएपनि अन्य ठाउँको पहिरा हटाएर राजमार्ग सञ्चालनमा आएको छ । धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा भने केही बेर अगाडि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।
“उक्त ठाउँमा पहिरो हटाएर राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ, अन्य ठाउँमा अवरोध छैन,” उहाँले भन्नुभयो । वर्षाका कारण पहिरा जाँदा आज नै धादिङको सुरुङमार्ग नजिक बाटो अवरुद्ध भएको थियो । त्यस ठाउँको पहिरो पन्छाएर राजमार्ग सुचारु गराइसकिएको प्रहरीले जनाएको छ ।